ताजा समाचार

देउवालाई ‘नकचरो’ भन्दै वामदेवले भने, ‘शरिर नांगै भएपछि जे पनि भन्दा रहेछन्’

काठमाडौं, २ माघ । यतिबेला एमाले र कांग्रेस नेताहरुबीच जुहारी नै चलेको छ । सत्ता हस्तान्तरणको विषयलाई लिएर कांग्रेस र एमाले शीर्ष नेताहरुबीच जुहारी चलेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको बहुमत आएको छैन, सत्ता छाड भन्न लाज लाग्दैन भनेपछि एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले त्यही शैलीमा जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् ।’

राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता गौतमले कांग्रेसका लागि लोकतन्त्र षड्यन्त्र मात्र भएको बताए । जनादेश ‘कांग्रेस प्रतिपक्षमा बस, एमाले र माओवादी मिलेर सरकार चलाउ’ भन्ने भए पनि कांग्रेस सत्ता लम्ब्याउने र एमाले र माओवादी गठबन्धन भत्काएर आफ्नो समर्थनमा सरकार बनाउने खेलमा लागेको उनले बनाए ।

‘डुबिरहेको मानिसले बचिन्छ कि भनेर बग्दै आएको खरको त्यान्द्रो पनि समात्छ’ भने जस्तै कांग्रेस वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको उनले बताए । उनले अगाडि थपे, ‘आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, कसले ल्याएको छ बहुमत ? बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो दुई पार्टीको ।’

कांग्रेस नेताहरुले सराप दिएको गठबन्धनलाई नै जनताले बरदान दिएर बहुमतमा आएको भन्दै एमाले कार्यबाहक अध्यक्ष गौतमले भने, ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र ! तर, नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् ।’

कांग्रेसले जति सत्ता लम्ब्याउँछ त्यति नै देउवा नांगिने बताए । ‘जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाादैछ’ उनले भने, अन्तिममा कांग्रेसले सभापति शेरबहादुर देउवालाई एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ । निर्वस्त्र शेरबहादुर देउवा १ अरु केही परिणाम आउने छैन ।’

वाम गठबन्धनलाई सरकार बनाउन नदिने षडयन्त्रमा देउवा लागेको भन्दै अब आफैं प्रतिनिधिसभा बैठक बोलाउने चेतावनी दिए । सरकार बर्खास्त गर्छौ र जनताका प्रधानमन्त्रीलाई सिंहदरबारमा राख्छौं’ उनले भने ‘तिम्रो हिम्मत छैन, तिमीले सोध्न सक्दैनौं । हामी त सबै सोच्छौं ।’

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org