ताजा समाचार

देउवाले कांग्रेस बैठक बोलाएकै दिन शशांकले आफ्नै निवासमा पकाए खिचँडी

काठमाडौं, २ माघ । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले लञ्ज मिटिङ राखेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन शशांकले आफ्नै निवासमा लञ्ज मिटिङ राखेका हुन् । कोइराला लञ्च मिटिङमा ‘शेख परिवार’ पनि जोडिएको छ ।

लञ्ज मिटिङमा शशांक कोइराला, सुजाता कोइराला र मोमहद अफ्ताब आलम सहभागी थिए । भेटमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा भएको आलमले बताए । उनले भने, ‘यो पारिवारिक भेट हो । पार्टीलाई कसरी अगाडि लैजाने भन्ने छलफल भएको छ ।’

केन्द्रीय कार्यसमितिको बैठकमा पनि आफूहरु समान धारणाका साथ प्रस्तुत हुने उनले बताए ।तर, पछिल्लो समय शेखर, सुजाता कोइराला पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट देखिएका छन भने शशांक कोइराला देउवावप्रति नरम देखिएका छन् । देउवाले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । निर्वाचनमा पार्टीले पराजय भोगेपछि देउवामाथि चौतर्फी दबाव थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org