ताजा समाचार

शुप विश्वविद्यालयको नतिजा प्रकाशनमा गम्भिर त्रुटी, विद्यार्थीहरु आन्दोलित

कञ्चनपुर २ माघ । शुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको परिक्षाफलप्रति विद्यार्थीहरु आन्दोलित भएका छन् । शुप विश्वविद्यालय अन्तर्गतको ईञ्जिनियरिङ संकायको छैठौं सेमिस्टरको परिक्षाफलमा कार्यालय गम्भिर त्रुटी गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

पनिकाले ईञ्जिनियरिङ संकायको छैठौं सेमिस्टरको परिक्षाफल पुस १ र २ गते गरी दुई पटक प्रकाशित गरेको थियो । पहिलो पटक प्रकाशित गरिएको परिक्षाफलमा २८ जना विद्यार्थी पास भएका थिए । तर माघ २ गते प्रकाशित गरिएको दोस्रो परिक्षाफलमा ३४ जना पास भएको देखाएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । ४५ जना विद्यार्थी रहेकोमा दुई पटक परिक्षाफल प्रकाशित गर्दै फरक-फरक नतिजा देखाएर विश्वविद्यालयले विद्यार्थीहरुको भविश्यमाथि खेलबाँड गरिरहेको विद्यार्थी उमेश कुमार पन्तले जानकारी दिए ।

दुई पटक प्रकाशित गरिएको नतिजा

दोस्रो पटक प्रकाशित गरिएको नोटिसमा सच्याईएको वा केही पनि भनेर नलेखिएको भन्दै उनले यसको सत्यतथ्य छानविन हुनुपर्ने माग गरे । यता परिक्षा नियन्त्रक भाष्कर जोशीले भने कर्मचारीको गल्तिका कारण यस्तो भएको बताए । रिजल्ट सहि भएको तर रिजल्ट आउँट गर्ने कर्मचारीको गल्तिका कारण यस्तो समस्या भएको उनले बताए ।

न्युज-नेपालसँगको टेलिफाने कुराकानीमा परिक्षा नियन्त्रक जोशीले भने, “सिम्बोल नम्बर र तयार पारिएको मार्कसिटमा फरक परेको रहेछ । पछि रुजु गर्दा ६ जना बढी पास भएको देखियो ।” उक्त घटनापछि पनिकाको मुल गेटमा सिल गरिएको छ । विद्यार्थी र पनिका दुवैको तर्फबाट एक/एक ताला लगाईएको प्रहरीले जनाएको छ । घटनाको सत्यतथ्य छानविन गर्न बुधबार एक छानविन समिति गठन गरिने पनिकाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org