ताजा समाचार

लागू औषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

काठमाडौं, ३ माघ । इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु भएको छ । लागू औषध तस्करमाथि गरेको प्रहरी कारवाहीमा ३४ वर्षीय शरण तामाङको मृत्यु भएको हो । उनको नेपालको ठेगाना भने खुलाइएको छैन ।

लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् । तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।

उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । होटलमा उनको कोठा सर्च गर्दा ३.४ किलो मेथ भेटिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org