ताजा समाचार

अब फेसबुकले झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण गर्ने

काठमाडौं, १४ माघ । सामाजिक सञ्जाल फेसबुकले झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण गर्ने जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्‍याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुनेछ ।

विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ । यो प्रयोगको परिक्षण अमेरिकामा गरिनेछ र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु हुनेछ । यो प्रयोग पछि जानकनरी मूलक, पठनयोग्य र सान्दर्भिक समाचारमात्र फेसबुकको न्यूज फिडमा देखिने फेसबुकले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org