ताजा समाचार

यस्तो हुनेछ एप्पलले २०१८ मा सार्वजनिक गर्न लागेको नयाँ आइफोन

काठमाडौं, १७ माघ । सन् २०१८ मा एप्पलले नयाँ तीन किसिमको आइफोन सार्वजनिक गर्ने तयारी गरेको छ । अबको केही समयमा सार्वजनिक गर्न लागेको नयाँ किसिमको आइफोन अहिलेसम्मकै सबैभन्दा प्रभावकारी हुने जनाईएको छ ।

यो फोन ६.१ इन्चको एलसिडी डिस्प्ले हुनेछ । यसमा थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयतकार हुने जानकारी दिइएको छ । यो आइफोनले फूल एक्टिभ एलसिडी टेक्नोलोजी सपोर्ट गर्ने बताइएको छ, जुन अत्याधुनिक एलसिडी टेक्नोलोजी हो ।

एलसिडी डिस्प्लेमा २१६० गुणा १०८० पिक्सेलको रिजोलुसन हुनेछ । यसको एलसिडी डिस्प्ले जापानी डिस्प्ले रहनेछ । यो फोनमा आल्मुनियमको फ्रेम हुनेछ भने क्यामरा पनि सिंगल लेन्स रहनेछ । यसका साथै अन्य दुईवटा नयाँ रिलिज हुने आइफोन आइफोन एक्सको नयाँ संस्करण र आइफोन एक्सप्लस हुने बताइएको छ ।

आइफोन एक्स प्लस उच्च ब्याट्री क्षमता भएको छ । प्राप्त जानकारीका अनुसार यसको ब्याट्री क्षमता ३३०० देखि ३४०० मिलि एम्पियर आवरको हुनेछ । यी दुबै आइफोनमा ४ जिबी र्‍याम हुनेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org