ताजा समाचार

कुलमानले एक वर्षमा १ लाख ९७ हजार रुपैयाँ बराबरको फोन गरे, टेलिकमले गर्‍यो सम्मान

काठमाडौं, २२ माघ । नेपाल टेलिकमको सिमबाट फोन तथा इन्टरनेट चलाएर सबैभन्दा बढी पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको छ । २०७३ साउनदेखि २०७४ असारसम्म उनीहरुले फोनबाट गरेको खर्चको आधारमा व्यक्तीगत र संस्थागत रुपमा सम्मान गरिएको हो।

१४ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा टेलिकमले विभिन्न व्यक्ती तथा संस्थालाई सम्मान गरेको छ।उक्त वर्ष पोष्टपेड मोबाइल सेवातर्फ सबैभन्दा धेरै खर्च गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रिपेडमा पत्रकार पुष्प दुलाल रहेका छन्।

टेलिकमका अनुसार सो अवधिमा घिसिङले १ लाख ९७ हजार रुपैयाँ बराबरको फोन तथा डाटा चलाएका छन् भने दुलालले ६४ हजार रुपैयाँको। दुलाल क्लीकमान्डु डटकममा कार्यरत पत्रकार हुन्। त्यस्तै पोष्टपेडतर्फ संस्थागतमा सबैभन्दा धेरै सुर्य नेपालले खर्च गरेको छ। उसले ९ लाख ८७ हजार बिल तिरेको टेलिकमले जनाएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org