ताजा समाचार

सामसुङका उप-प्रमुख लि जाय योङ जेल मुक्त

काठमाडौं, २२ माघ । मोबाइल फोन निर्माता कम्पनी सामसुङका उप-प्रमुख लि जाय योङ जेल मुक्त भएका छन् ।दक्षिण कोरियाको पुनरावेदन अदालतले उनिमाथि लागेको आरोप निराधार रहेको ठहर गर्दै उनलाई जेल मुक्त गराएको हो । दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा लिले पाँच वर्षका लागि जेल सजाय पाएका थिए ।

पुनरावेदन अदालतको निर्णय विरुद्ध पुनः त्यहाँको सर्वोच्च अदालतमा मुद्धा दायर हुन सक्ने बीबीसीले जनाएको छ । गएको वर्ष दक्षिण कोरियाको तल्लो अदालतले लि ले पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएको ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org