ताजा समाचार

नेपालकै राजाको हैसियतमा पूर्वराजा ज्ञानेन्द्र भारत प्रस्थान, हेर्नुहोस् तीन तस्बीरमा विदाई

काठमाडौं, २२ माघ । दुई साता लामो भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आज भारत प्रस्थान गरेका छन्। उनलाई विदाइ गर्न समर्थकहरु राष्ट्रिय झण्डा र फूलमालासहित विमानस्थल पुगेका थिए। समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी पनि गरेका थिए।

विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताए । उनले एक उदाहरण दिँदै भने, ‘हामीले प्रकृतिबाट पनि सिक्न सक्छौँ। रुखका पातहरु झरे पनि, फेरिए पनि जरा कहिल्यै फेरिन्न।’

‘लोपोन्मुख’  भारतीय देसी गाई जोगाउने उद्देश्य रहेको संगठन श्रीमार्गले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पूर्व राजा भारतको उडिसा गएका हुन्। बुधबार उडिसाको राठीपुरमा हुने अन्तर्राष्ट्रिय गौ सम्वर्द्धन महोत्वसमा ज्ञानेन्द्रलाई ‘नेपालका राजा’ कै हैसियतमा सहभागी हुन निम्तो पठाइएको छ। सोही अवसरमा गौमाता मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

त्यहाँ शनिबारदेखि बुधबारसम्म गो विश्वशान्ति महायज्ञको पनि आयोजना हुँदैछ। महायज्ञको अन्तिम दिन ज्ञानेन्द्रले पूर्णाहुति पनि दिनेछन्। सोही क्रममा ज्ञानेन्द्रलाई राजसिंहासनमा राखी अभिषेक पनि गर्ने कार्यक्रम रहेको छ। ज्ञानेन्द्रले राजाहरुले मात्र गर्न पाउने गुह्य पूजा पनि त्यहाँ गर्ने कार्यक्रम रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org