ताजा समाचार

अमेरिकाले अन्तरिक्षमा पठायो अहिले सम्मकै सबैभन्दा शक्तिशाली रकेट

एजेन्सी, २४ माघ । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले बुधबार विश्वकै सबैभन्दा शक्तिशाली ‘फाल्कन हेभी’ नामक रकेट लन्च गरेको हो ।

अहिलेको अवस्थामा रहेका रकेटले भन्दा ‘फाल्कन हेभी’ ले दुई गुणा बढी भार बहन गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ । स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरको भार अन्तरिक्षमा लैजान सक्ने सञ्चारमाध्यमले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org