ताजा समाचार

आइसीसी डिभिजन टूः केन्याद्धारा नेपालसामू १७८ रनको लक्ष्य पेश

काठमाडौं, २९ माघ । आइसीसी डिभिजन टूको केन्याविरुद्धको खेलमा नेपालले १७८ रनको लक्ष्य पाएको छ । नामिबियाको विन्डहक स्थित मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको केन्याले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनायो ।

केन्यालाई १ सय ७७ रनमा समेटने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी, बसन्त रेग्मी, सरद भेष्वाकरले १/१ विकेट लिए । केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए । एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org