ताजा समाचार

काठमाडौं उत्रिए निगमका दुई चिनियाँ जहाज, ‘सेतो हात्ती’ हुने खतरा

काठमाडौं, १ फागुन । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको दुई चिनियाँ जहाज काठमाडौं उत्रिएका छन् । एक साता अघि चीनको चीनको हर्बिन शहरबाट उडेका ‘वाई १२ र्इ’ जहाज त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । २०६९ सालमा नेपाल र चीनबीच सरकारीस्तरमा भएको सम्झौताअनुसार यि जहाज थपिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्झौताअनुसार ६ मध्ये चार वटा जहाज यसअघि नै आइसकेका थिए । सम्झौता अनुसार ६ वटामध्ये दुई अनुदानमा र चार वटा सहुलियत ऋणमा ल्याईएको हो । एउटा एमए ६० र एक वाई १२ जहाज चिनियाँ अनुदानका हुन् । दुवै जहाज सन् २०१४ मै ल्याइसकिएको छ ।

सोमबार आइपुगेका २ ‘वाइ १२ ई ‘ जहाज भने सहुलियन ब्याजमा आएका जहाज प्रवक्ता श्रेष्ठले जानकारी दिए ।हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठ वटा जहाज भएका छन् ।

चिनियाँ जहाजको बीमा शुल्क अन्यको तुलनामा बढी तिर्नुपर्छ । र, पाइलट तालिमका लागि पनि ठूलो रकम खर्च हुन्छ । नेपाली आकाशमा उडिरहेका चार वटा चिनियाँ जहाजबाट निगमले आम्दानीभन्दा ज्यादा घाटा बेहोर्नु परिरहेको छ । अब थपिएका दुर्इ चिनियाँ जहाज निगमले कसरी चलाउने भन्ने चुनौति छ । कुनै तयारी तथा योजना विनै जहाज ल्याउँदा निगमलाई सेतो हात्ती जस्तै हुनसक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org