ताजा समाचार

आईसीसी डिभिजन टूः नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

काठमाडौं, २ फागुन । आईसीसी डिभिजन टूको आफ्नो अन्तिम खेलको लागि नेपालले टस जितेर फिल्डिङ रोजेको छ । र क्यानाडालाई व्याटिङको निम्तो दिएको छ । आजको खेल दुवै देशको लागि ‘गर वा मर’ को अवस्था हुनेछन् ।जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । भने हार्नेले मौका गुमाउनेछ ।

अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानाडाको ब्याटिङ शशक्त छ भने नेपालको बलिङ । नेपालले अहिलेसम्म टस जितेका तीन वटै खेलमा पहिले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध पराजित भयो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org