ताजा समाचार

नेपाललाई दोस्रो सफलता, बसन्तले पहिलो र सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं, २ फागुन । डिभिजन टू अन्तरगत क्यानडाविरुद्धको निर्णायक खेलमा नेपालले दुई विकेट लिएको छ ।टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले पावर प्ले सकिएलगत्तै पहिलो विकेट गुमाएको थियो । नेपालका लागि बसन्त रेग्मीले आफ्नो पहिलो ओभरको दोस्रो बलमा नै विकेट लिएका हुन् ।

पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका गुनसेकरा ९ रनमा आउट भए । त्यस्तै दोस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् । सन्दीपले क्यानडाका नितिश कुमारलाई ५ रनमै आउट गरेका हुन् । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् । सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा नेपालको सन्दीपमाथि ठूलो आशा रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org