ताजा समाचार

ओली र प्रचण्डको आलोपालो सहमतिले के देश समृद्ध बन्ला ?

काठमाडौं, २ फागुन । गत असोजमा एमाले र माओवादीबीच पार्टी एकता गर्ने घोषणा गरेसँगै नेपालको राजनीतिमा एकाएक तरंग पैदा भयो । त्यो बेला नेकपा एमाले र माओवादी केन्द्रबीच प्रदेशसभा प्रतिनिधिसभा सदस्य निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार दुई दलले चुनावी तालमेल गरेर चुनाव लँडे । चुनावमा पनि अपेक्षित नतिजा आयो । एमाले र माओवादी नेताहरुको भनाईमा वाम एकता जनताले चुनावबाट अनुमोदन गरे ।

जनताले दुई पार्टीलाई स्पष्ट बहुमत दिए । लामो समयदेखि नेपालको राजनीतिमा सक्रिय रहेको नेपाली कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपयो । ६/६ महिना ९/९ महिनामा हुने सरकार परिवर्तनको खेलबाट आम नेपाली वाक्क दिक्क भएका थिए । फलस्वरुप वाम एकता गर्ने रणनीतिका साथमा चुनावमा होमिएका दुई दललाई मत दिए । र नेपालको समृद्धको ढोका खुल्नेमा आशाबादी रहे ।

आखिर सबैलाई पद नै त चाहिएको रहेछः
एमाले र माओवादी नेताहरुले बारम्बार भन्दै आएका हामी पद र कुर्सीको लागि होईन् । देशको समृद्धिको लागि यो एकता गर्न लागेका हौं । यो वाम नेताकोहरुको मुखबाट बारम्बार निस्किएका वाक्य थिए । अझ किटान गरेरै भन्दा यस्तो रटानमा थिए एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

उनीहरुको भनाई नै बोल्ने हो भने, ‘हामीलाई अध्यक्ष र प्रधानमन्त्री चाहिने भए अहिले अध्यक्ष नै छौं । प्रधानमन्त्री नै चाहिएको हो भने प्रचण्ड जि दुई पटक प्रधानमन्त्री भईसक्नुभयो । ओली जि पनि देशको कार्यकारी पद सम्हालेकै हुन् ।’ तर आज भएको सहमतिले उनीहरुको भनाई र गराईमा आकाश धर्तीको फरक देखियो । मुखले जति सुकै चिल्ला कुरा गरेपनि आखिरमा पद नै चाहिने रहेछ ।

ओली र प्रचण्डबीच पार्टी नेतृत्व र प्रधानमन्त्री आलोपालोमा गर्ने सहमति भएको छ । यो सहमति अनुसार शुरुको ३ वर्ष ओली प्रधानमन्त्री बन्नेछन् भने २ वर्ष प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । आखिर प्रधानमन्त्री वा अध्यक्ष नै चाहिने रहेछ ? भाषण गर्दा त हामी दुवै जना प्रधानमन्त्री पनि अधय्क्ष पनि भैसकेको मान्छेलाई पद प्रति कुनै लालच छैन भन्नु भाको थियो तर महासयहरुले आज आफ्नो ईमान्दारिता देखाएरै छाँडे ।

आखिर जनताले समृद्धको ढोका कहिले देख्न पाउने ?
ओली र प्रचण्डबीच भएको सहमतिले फेरी देश कुन दिशामा जाने हो भन्नेमा चिन्ता बढ्न थालेको छ । पहिलो ३ वर्ष ओली प्रधानमन्त्री हुँदा के के गर्लान् । यो उनको हातमा छ । तर उनले सुरुको पहिलो वर्ष आफु र देशलाई बुझ्नै लाग्नेछ । जस्तो अहिलसम्म भएको थियो । अनि दोस्रो वर्ष आफ्ना कार्यक्रम तथा योजना बनाउनमा जाँला ।

तेस्रो वर्ष चाँही आफ्नो बहिर्गमनको वर्ष भएकाले देशविदेश भ्रमण, कार्यकर्ता व्यवस्थापन, अर्को चुनावका लागि आफ्नो तयारी यस्तै यस्तैमा बित्ला । अनि देश कहिले समृद्ध होला ? त्यस्तै अर्को दुई वर्ष प्रचण्ड प्रधानमन्त्री बन्दा उनको त्यही गति हुनेछ । यो अहिले सम्म गर्दै आएका कामको आधारमा गरिएको वर्गिकरण हो । यदि यो भन्दा फरक भएर देश विकास नै भयो भने अर्को कुरा हो नत्र यही हविगत हुन्छ ।

भारतमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहले १० वर्ष सत्ता चलाउँदा पनि समय कम भयो भनेका थिए । अमेरिकी राष्टपति बाराक ओबामाले ८ वर्ष सरकार चलाउँदा पनि केही गर्न सकिएन् भन्ने गरेका थिए । तर नेपालको आलोपालो सरकारको नेतृत्व गर्नेले के मैलै धेरै गरे भन्लान् र ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org