ताजा समाचार

डिभिजन टू को उपाधि भिडन्तमा नेपाल पहिले फिल्डिङ गर्दै, युएई व्याटिङ गर्दै

 

काठमाडौं, ३ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि आज नेपाल र
युएई भिड्दै छन् । विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। यो समाचार तयार पार्दासम्म युएईले ५ ओभरको समाप्तिमा विना विकेट क्षती १२ रन जोडेको छ ।

बुधबार नेपालले क्यानडालाई र युएईले नामिबियालाई हराएपछि दुई टिमबीच उपाधि भिडन्त हुन लागेको हो । यसअघि डिभिजन टू मै नेपालले युएईलाई हराएको थियो । डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिग खेलपछि अंक तालिकामा शीर्ष दुई स्थानमा ह्दै नेपाल र युएई अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org