ताजा समाचार

डिभिजन २ उपाधी भिडन्तः नेपालले पायो २ सय ७८ रनको लक्ष्य

काठमाडौं, ३ फागुन । आईसीसी डिभिजन २ अन्तर्गत उपाधिका लागी नेपाल र युएई खेलिरहेका छन् । नामिबियामा जारी प्रगियोगितामा नेपालले २ सय ७८ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ राजेको युएईले पुरै ५० ओभरमा ४ विकेटको क्षतिमा २ ७७ रन बनायो । प्रतियोगिता अवधिभर राम्रो बलिङ गरिरहेका नेपालका बलरहरुले आज सोचेजस्तो विकेट लिन सकेनन् ।

नेपालका लागी बसन्त रेग्मी, सन्दिप लामिछाने र सोमपाल १—१ विकेट लए । युएइका घुलम सब्बर रन आउट भएका थिए । युएइका लागी ओपनर अस्फक अहमदले सतक प्रहार गरे १ सय २३ बलको सामना गरेका उनले १ सय १४ रन बनाए । त्यस्तै अर्का ओपनर रोहन मुस्तफाले ७४ बलमा ५१ रन बनाए । त्यसैगरि कप्तान घुलम सब्बरले १८, साईमन अनवरले २४ बलमा ४० रन र रमिज सहजादले नट आउट ४१ रन बनाए ।

लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बनेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org