ताजा समाचार

माओवादी कारवाहीमा परेका गोपाल किराँतीले प्रचण्ड एण्ड कम्पनीलाई दिए धन्यवाद


काठमाडौं, ११ फागुन । माओवादी केन्द्रबाट निस्कासन गरिएका नेता गोपाल किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका हुन् । उनले विज्ञप्ति निकालेर भनेका छन्, ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गठनको आह्वान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ ।’

एकपटक पनि सुनुवाइको मौका नदिर्इ कारवाहीको निर्णय गर्नुलाई उनले एकमनावादको पराकाष्ठा भनेका छन् । ‘उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो,’ माओवादी केन्द्र पुनर्गठन गर्नुपर्ने कारणबारे एकपटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप भएको किराँतीको दाबी छ ।

किराँतीले एमालेसँगको एकता प्रक्रियाको विरोध गर्दै आएका थिए । उनले ‘माओवादी पुनर्गठन अभियान’ चलाएको घोषणा गरेका थिए । बिहीबार बसेको माओवादी बैठकले एकता विरोधी गतिविधिमा लागेको भन्दै किरातीसहित, विश्वभक्त दुवाल र लोकेन्द्र विष्टलाई निस्कासन गर्ने निर्णय गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org