ताजा समाचार

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३९ पुग्यो

 

काठमाण्डौ २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा विमान अवतरण गर्ने क्रममा युएस बंगाल विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

विमानस्थलमा ३१ जनाको शव रहेको र केएमसी अस्पतालमा ८ जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यलयका प्रहरी सहायक निरीक्षक मिठु खड्काले जानकारी दिएका छन् ।

सोमबार दिउँसो २ बजेर १८ मिनेट जाँदा युएस बंगालको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा चिप्लिएर दुर्घटना भएको हो । विमानमा चालकदलसहित ७१ जना यात्रु सवार रहेका थिए । घाइतेहरुको केएमसी, सिभिल, ग्राण्डी लगायतका अस्पतालमा उपचार भईरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org