ताजा समाचार

राष्ट्रपति चुनावको मतगणना जारी, आजै मतपरिणाम सार्वजनिक हुने

काठमाण्डौ २९ फागुन । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।

निर्वाचन आयोगले संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५३६ गरि कूल ८ सय ६२ जनाले मतदान गरेको जनाएको छ।

आयोगले साँझसम्म मतपरिणाम समेत आउने जानकारी दिएको छ। आयोगका अनुसार ८ सय ८० मतदाता मध्ये १८ जना मतदानमा अनुपस्थित भएका थ्एि।

अनुपस्थित हुनेमा ५ जना संघीय संसदका र १३ जना प्रदेश सभाका हुन्। संघीय संसदका बाबुराम भट्टराई, प्रेम सुवाल, रेशम चौधरी, रमेश यादव र जितेन्द्रनारायण देव मतदानमा सहभागि भएनन्। सुवालको पार्टी नेमकिपाले मतदान बहिष्कार गरेको हो। त्यस्तै विवेकशिल साझा पार्टीले पनि राष्ट्रपति निर्वाचन बहिष्कार गरेको थियो। उसका प्रदेश सभामा ३ सांसद छन्। भट्टराई विदेशमा छन् भने चौधरी जेलमा छन्। रमेश यादव भने संघीय संसदको बैठकमा समेत अनुपस्थित रहँदै आएका छन्।

राष्ट्रपति पदकालागि एमालेबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिमा निर्वाचित हुने उम्मेद्वारले कुल मतदाताको ५१ प्रतिशत मत ल्याउनुपर्छ।

कुनैपनि उम्मेद्वारेले ५१ प्रतिशत मत नआएको अवस्थामा पुनस् राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ। आयोगले राष्ट्रपतिको मतपरिणाम घोषणा भए लगत्तै उपराष्ट्रपति चयनकालागि निर्वाचनको तयारी गरिरहेको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org