बिहेको एक सातामै बेहुली बेपत्ता
धनकुटा ३० फागुन। विवाह गरेर अघिल्लो साता उदयपुरको गाईघाट पुगेकी धनकुटाकी एक युवती बेपत्ता भएकी छिन् । हराएको एक सातासम्म खोजी गर्दा पनि उनी नभेटिएको आफन्तहरुको भनाइ छ ।
धनकुटाको चौबीसे घर भएकी रीता पाण्डे हराएकी हुन् । अघिल्लो सातामात्रै उनको विवाह भएको थियो । बिहेपछि गाईघाटमा रहेकी उनी एक्कासी घरबाट हराएको आफंन्त दूर्गा कार्कीले जानकारी दिनु भयो ।
युवती हराउनुअघि को व्यक्तिसँग उनको टेलिफोन सम्पर्क भएको थियो भन्ने पत्ता लगाएर खोजी गरिदिन आग्रह गर्दा स्थानीय प्रहरीले अदालतमा गएपछिमात्रै त्यसरी फोन ट्यापिङ गर्न मिल्ने भन्दै सहयोग नगरेको परिवारका सदस्यहरुको गुनासो छ ।
सीता अर्की एकजना महिलासँग झापा पुगेका थिए । त्यहाँ होटलमा काम खोज्दै रीता र अर्की एउटी युवती आइपुगेको भन्दै सुर्खेत घर बताउने लव नेपालीले पारिवारका सदस्यलाई फोन गरेका थिए । उनले रीतालाई धरानमा ल्याएर परिवारलाई जिम्मा लगाउने बताएका थिए ।
तर, भोलिपल्ट रीता काठमाडौं भागेको ती व्यक्तिले परिवारलाई जानकारी गराएका छन् । परिवारका सदस्यहरुले भने रीतालाई कसैले बिक्री गर्न भारततिर लगेको हो कि भन्ने आशंकामा माइती नेपाल र सीमा प्रहरीको ध्यानाकर्षण गराउन लागेको बताउनु भयो ।
उता रीतालाई आफूले झापामा भेटेको दाबी गर्ने लव नेपालीले भने ‘मेरो पर्ससमेत लिएर दुबैजना काठमाडौंतिर भागेछन्, मैले कलंकीमा केटाहरु खडा गरेको छु, र म पछि झापाबाट काठमाडौं जाने बस चढिसकेको छु, तिनीहरु पक्कै पनि काठमाडौंमा भेटिन्छन् ।’
Comments
अरु समाचार
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...
-
इलाम र बझाङमा आज उपचुनाव: मतदानमा सहभागी हुन आयोगको अपिल
काठमाण्डौ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान...
-
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौँ,१४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।शुक्रवार...
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
चितुवाको आक्रमणबाट घाइते
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...