ताजा समाचार

नेपालले पपुवा न्यूगिनीलाई हरायो

काठमाडौं १ चैत। दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीमाथि ६ विकेटको जित हात पारेको छ ।

पपुवा न्यूगिनीलाई ११४ रनमा समेटेको नेपालले मात्र २३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । पपुवा न्यूगिनीको चार विकेट लिएका ऐरीले अर्धशतक पारी खेल्दै नेपाललाई जिताए । उनले छक्का हान्दै ५० रन पुरा गरेका हुन् ।

नेपालले खेलेको सुरुवाती चरणमा भने राम्रो रहेको थिएन । १३ रन जोड्दा दुबै ओपनर आउट भइसकेका थिए । मल्ल १ र अनिलकुमार साह मात्र ९ रनमा आउट भए । थप २२ रन जोड्दा कप्तान पारस खड्का पनि व्यक्तिगत २० रनमा आउट भए ।

तर, दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । शेख व्यक्तिगत २६ रनमा आउट भए । ऐरी ५० रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो । मात्र ४।२ ओभर बलिङ गरेका ऐरीले १४ रन दिएका थिए भने लामिछानेले ८ ओभर बलिङ गर्दै २९ रन खर्चिका थिए ।

नेपाली बलरहरु हाबी भएको खेलमा पपुवा न्यूगिनीका ब्याट्सम्यानहरुले ठूलो पारी खेल्न सकेनन् । नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिए । करण केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org