ताजा समाचार

एनसीसी बैंकका सञ्चालकसहित १३ जना पक्राउ

काठमाडौं,२ चैत्र । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले  दुई अर्ब रुपैयाँ घोटाला  गरेको प्रकरणमा बैंकका अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई  प्रहरीले पक्राउ गरेको  छ ।

आज  बैंकको बोर्ड बैठक बसिरहेको समयमा बैंकका अधिकारीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा  बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल , सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य १३ जना रहेका छन् ।

एपेक्स डेभलपमेन्ट बंकले लोकन्थली, दरबारमार्ग, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित तवरले  कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला गरेको । सीआईबीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org