ताजा समाचार

गलत काम गर्ने जोसुकैलाई पनि छोड्डिन ः श्रममन्त्री विष्ट

काठमाडौं ४ चैत। श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताएका हुन ।

‘सक्रिय म्यानपावरमध्ये आधाभन्दा बढी एमाले नेताले नै चलाएका छन्, तपाईंले यो अवस्थामा कसरी सुधारको काम गर्नुहोला ’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री विष्टले बेठीक गर्ने जो भए पनि नछोड्ने बताए ।

उनले भने ‘तपाईंहरु यति कुरा महसुस गर्नुस्, इमानका साथ काम गर्नेलाई म प्रोमोट नै गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्ने होस्,तर, बेठीक गर्नेलाई छुट दिने छैन । म एक ठाउँमा पनि तपाईंहरुले प्रश्न उठाउने गरी काम गर्ने छैन ।’

विष्टले ‘देशभित्र रोजगार सिर्जना गर्ने गरी सरकारले काम गर्ने भन्दै सुरुवातमा समस्यामा परेको वैदेशिक रोजगार क्षेत्रबाट सुधारको प्रयास थालिएको बताउनु भयो ।
विष्टले भने प्रस्तावित नयाँ वैदेशिक रोजागर ऐन मैले हेर्न पाएको छैन । जे जति तयार तथा लागू भएका र प्रस्तावित ऐन कानुन, नीति नियम र योजना छन् । त्यसको अध्ययन गरेर आवश्यक निर्णय लिन्छु ।’

उनले वैदेशिक रोजगार ऐनलाई देश र कामदारको हित अनुकुलको बनाउन ब्यापक छलफल गरिने समेत बताउनु भयो । अहिले म्यानपावर ब्यवसायीहरु ऐन आफू अनुकुल बनाउन लबिङमा छन् । लामो समयदेखि ड्राफ्ट भएर पनि ऐन संसदमा पेश भएको छैन । अब मन्त्री विष्टले भने ऐनलाई अघि बढाउन गृहकार्य सुरु गर्ने बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org