ताजा समाचार

पत्रकारले  दिए निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ ५ चैत । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रचलित कानून विपरीत नागरिकताको विवरण सच्याएको र शैक्षिक प्रमाणपत्र लिएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

पत्रकार मदनबाबुले दिएको उजुरीमा पराजुलीको ‘शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि हदैसम्मको कारवाही गर्न’ माग गरिएको छ ।
उजुरीमा भनिएको छ ‘नागरिकतामा एउटा मिति, सेवा प्रवेश गर्दा अर्को मिति, शैक्षिक प्रमाणपत्रहरुमा अलग अलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन, यस्तो व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि निजलाई हदैसम्मको कारबाही गरि पाऊँ ।’

उक्त उजुरीमा नेपाल ल क्याम्पस, नेपाल कानून व्यवसायी परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुर, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, न्यायपरिषद्, कर्मचारी कल्याण कोष लगायतका निकायले उनको आवश्यक विवरण छानविनको माग समेत गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org