ताजा समाचार

नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा निर्बिरोध

बुटवल ५ चैत । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा निर्बिरोध चयन भएका छन् ।

प्रदेश सभाका जेष्ठ सदस्य ९७९० समेत रहेका बलदेव शर्मा र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दिएका थिए ।

सोमबार दिउँसो २ बजे हुने भनिएको मतदान अघि नै बलदेव सर्बसम्मत भएका हुन् ।

नेता बन्नका लागि यसअघि बलदेवसँगै पाल्पाका बीरबहादुर राना, कपिलबस्तुका बीरेन्द्र कनोडीया, रुपन्देहीकै फकरुद्धिन खाँ र दाङका डिल्ली चौधरीले उम्मेदवारी दर्ता गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org