ताजा समाचार

विगतलाई होइन, भविष्यलाई हेरेर काम गरौं ः प्रम ओली

काठमाडौं ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतबारे पश्चाताप गर्ने नभई वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताएका छन् ।

सोमबार मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्घाटन गर्दै उनले ‘हिजो भनाभन गर्दे झगडा गरिरहेको र अब सबै मिलेर देश निर्माणमा लाग्नु पर्ने बताएका हुन् ।

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता क्षेत्रमा परिवर्तन चाहेको भन्दै प्रधानमन्त्री ओलीले जनताको सपना पूरा गर्न सबै एक हुनुपर्ने बताउनु भयो ।

उनले भने ‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस् यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । अव छिट्टै जनताको यो सपना पूरा हुनेछ ।’

त्यस्तै गरी ओलीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा गरेका थिए। तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org