ताजा समाचार

मन्त्रालयमा आउदा खालीहात आउनुहोला ः मन्त्री विष्ट

काठमाडौं ६ चेत। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा आफूलाई शुभकामना दिन आउनेहरुलाई खाली हात आइदिन अनुरोध गरेका छन् ।

मन्त्री विष्टले भने ‘जनताले खुशी व्यक्त गर्नका लागि जुन तरिका व्यक्त गर्दै आएका छन्, यही तरिका कायम राख्नुपर्छ भन्ने छैन’, आज उप्रान्त यो मन्त्रालयमा मलाई बधाइ दिन आउने सबै दाजुभाइ दिदीबहिनीहरु कसैले पनि बुकी, माला र खादाको बोकेर नआइदिनुहुन अनुरोध गर्दछु ।’

नेकपा एमालेले पोखरा घोषणापत्रमा अनावश्यक खादा, माला, बुकी आदिमा फजुल खर्च नगर्ने नीति लिएको स्मरण गर्दै मन्त्री विष्टले यस्ता भद्दा तरिकाहरु हटाउँदै लैजानुपर्ने बताएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org