ताजा समाचार

उपराष्ट्रपति पुनलाई चिनियाँ समकक्षीको बधाई

काठमाडौं  ६ चैत  उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ ।

नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले आज अपराह्न उपराष्ट्रपतिको कार्यालय पुगेर चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना दिनुभयो ।

सो अवसरमा उहाँले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउँदै नेपालको विकास गर्ने प्रयासमा चीन अग्रमोर्चामा रहेर सहयोग गर्ने उल्लेख गर्नुभयो ।
भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिनुभएकामा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिनुभयो ।

भेटमा उहाँले नेपाल र चीन सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै गइरहेको उल्लेख गर्दै चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (विआरआइ)को प्रशंसा गर्नुभयो ।

उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पु¥याइरहेको सहयोगका लागि धन्यवाद दिनुभयो । भेटमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीहरूको समेतको उपस्थिति थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org