ताजा समाचार

गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलमा छड्के जाँच, कार्यकक्षमा अनुपस्थित कर्मचारी कारबाहीमा

काठमाडौं ६ चैत। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् ।

मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका हुन ।

थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनु पर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

थापाले भने ‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, , कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’ त्यसै गरी थापाले मंगलबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण समेत गरिसकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org