ताजा समाचार

परिषद्को परीक्षामा सहभागी गराउन माग

काठमाडौँ, ६ चैत ।  चितवनस्थित ओसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्ना विद्यार्थीलाई नेपाल नर्सिङ परिषद्को परीक्षामा सहभागी गराउन माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सेन्टरका अध्यक्ष मनोज चौधरीले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त संस्थाले शैक्षिक सत्र २०६९÷७० देखि बिएससी नर्सिङको पठनपाठन शुरु गरेर उत्पादन गरेका दुई विद्यार्थीलाई परिषद्को परीक्षामा सामेल नगराइएकामा चिन्ता व्यक्त गर्नुभयो ।

संस्थाले सम्पूर्ण मापदण्ड पूरा गरी विद्यार्थीको भर्ना, रजिष्ट्रेशन दर्ता, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरिरहेको उहाँले दाबी गर्नुभयो ।
विसं २०६६ मा स्थापना भएको उक्त संस्थाले प्रमाणपत्र तहको नर्सिङ, ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ पब्लिक हेल्थसमेत सञ्चालन गरिरहेको उक्त संस्थाले अरू विषयमा समस्या नरहेको भए पनि हालै बिएससी नर्सिङको अध्ययन पूरा गरेका दुई जनालाई परिषद्को परीक्षामा सहभागी हुन नदिइएको जनाएको छ ।

सोही विषयमा चार वर्षदेखि अध्ययनरत् ६९ जना विद्यार्थीले अब केही महिनाभित्र अध्ययन पूरा गर्दैछन् । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org