ताजा समाचार

बिबाद टुंगिएपछि एमाले र माओवादीको संयुक्त कार्यक्रम शुरु

काठमाडौं, ९ वैशाख । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एमाले र माओवादीले आयोजना गरेको कार्यक्रम विवाद भएपछि झन्डै साढे तीन घण्टा ढिलापछि शुरु भएको छ ।

यी दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १२ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यानरमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्तालहरुले होहल्ला मच्चाएपछि कार्यक्रम ढिला हुन गएको हो ।

कार्यक्रम ढिला भएपछि शीर्ष नेता छलफलमा लागेका थिए । त्यस पछि उनीहरुले दुवैपक्षबाट गल्ती भएको भन्दै थप ब्यानर राखेर कार्यक्रम गर्ने सहमति गरेका थिए ।

विवाद भएको ब्यानर बीचमा राख्ने र दायाँबायाँ नयाँ ब्यानर राखेर कार्यक्रम गर्ने सहमति भएपछि कार्यक्रम सुचारु भएको थियो । आजको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी एकताको सन्देश दिने भनिएको कार्यक्रममै विवाद देखिएपछि सामाजिक संजालमा एमाले र माओवादीको आलोचना पनि गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org