ताजा समाचार

कथा : सम्झनामा यौटा मान्छे

हामी कहिलेदेखि फेसबुकमा साथी भयौँ मलाई याद छैन । तर फेसबुकको भित्तामा उसले पोस्ट गरेका कुराहरूले मलाई भित्रैबाट छुन्थ्यो । हामी धेरै अगाडिका साथी हौँ जस्तै लाग्थ्यो । धेरै पटक मैले उसको प्रोफाइका हेरेर हरेक फोटा नियालेर हेर्थें । कहाँ देखेजस्तो–देखेजस्तो लाग्ने उसका हरेक तस्बिरले मलाई नै हेरेझैँ लाग्थ्यो । म्यासेन्जरमा धेरै पटक ‘हेलो–हाई’ लेख्न नखोजेको पनि होइन तर कता–कता मनमा डर पनि लाग्थ्यो । हाम्रो पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोण फरक छ । यही समाजका कारण केही लेख्न नसकेको हो । ‘बोलुँ भने कस्ती केटी रै’छे’ भन्ने हो कि भनेर बोलिन ।

दिन यसैगरी बित्दै गयो । फेसबुक खोल्दा कहिलेकाहिँ उसले पोस्ट्याएका ‘स्टाटस’ टाइमलाइनमा देखिन्थ्यो । मेरो मन खुसी नहुने कुरै भएन । नदेख्दा, नभेट्दा कसैको पनि वास्ता लाग्दैन । माया लाग्दैन । यसको मतलब देखेका सबै–सबैलाई माया गर्नुपर्छ भन्न खोजेकी होइन । को मान्छे कस्तो छ भन्ने ऊसको कुरा गराइबाट थाहा हुन्छ । व्यवहारबाट थाहा हुन्छ । अनि पो आफूले पनि के गर्ने भनेर सोचिन्छ । मलाई ऊ त्यस्तै भैदियो । माया लाग्दो भैदियो । नदेख्दा खासै वास्ता लाग्थेन । मेरो आफ्नै संसार थियो । उसको पनि आफ्नै । मन पर्नु कुनै ठूलो होइन । जो जसलाई पनि मन पर्न र नपर्न सक्छ ।

हाम्रो कुरा यसरी अगाडि बढ्दै गयो । मैले उसलाई हृदयमा सजाउन थालिसकेकी थिएँ । सम्झना हर क्षण आइरहन्थ्यो । एकदिन भान्दाइको बिहेमा जान बस कुर्दै थिएँ । कार्यालयबाटै काम सकेर निस्केँको हुनाले ढिला भैरहेको थियो । केही बेरमा बस चढेँ । बसमा कुनै सीट खाली थिएन । अगाडि बर्नेटमा एकजना बस्न मिल्ने ठाउँ रहेछ । त्यहीँ बसेँ  । नजिकै बसेको मान्छे कता–कता देखेजस्तो लाग्यो । उसलाई पनि त्यस्तै भएछ कि क्या हो मलाई हेर्दै ङिच्च हाँस्यो । अनि म पनि हाँसे । मनमनै खुसी भएँ । किनकि आफूलाई मन परेको मान्छे आफ्नै आँखा अगाडि, नजिकै बसेर त्यहि पनि आफूलाई हेर्दै हाँसिदिंदा को खुसी नहोला र ?

एकअर्काको परिचय थाहा थियो । काम पनि थाहा थियो । किनकि हरेक कुरा फेसबुकले देखाइरहेको हुन्थ्यो । तर पनि कुरा गर्ने बहानाले मैले के काम गर्नुहुन्छ भनेर सोधेँ । उसले केही गर्दिनँ, किसान हुँ भन्यो । उसले झुट बोलेकोमा मलाई रिस उठ्यो । उसको घर र मेरो माइती २ घण्टाको फरकमा छ । समाजमा उसले गरेका राम्रा काम फेसबुकमा देख्दा मेरो मनले उसलाई सधैं राम्रो देख्थ्यो । बिहे भएर अर्को जिल्लामा पुगे पनि मेरो जागिर भने म जन्मेकै जिल्लामा भयो ।  भेट हुने आस मरेको थिएन् ,  भेट भयो । रिस एकैछिनमा शान्त भयो । किनकि  ऊ मन परेको मान्छे थियो । मन पर्नुको कुनै ठूलो कारण थिएन । स्वार्थ पनि थिएन । प्रकारान्तरले  हामी दुबै बिबाहित थियौ । फेरि बिबाह गर्ने कुरो भएन । हामी कुरा गर्दै थानकोट पुग्यौँ । ओर्लिनु पर्ने त्रिभुवनपार्क । जहाँ थियो बिहे । अरूको बिहेर देखेर आफ्नो बिहेको सम्झना आयो । अनि आयो उसको याद । रहर थिए । सपना थिए । एकअर्काका लागि हामी सबथोक थियौं । बसलाई यहीँ रोकिदिनुस् भनेर म उसलाई ‘बाइ’ भनेर ओर्लिएँ । खुसी मन छुट्टीदा दुःखी भयो । गरुङ्गो भयो । तर नि म खुसी थिएँ ।

ऊ बदलिएको रहेनछ । पहिलेजस्तै सरल मानिस रहेछ । उस्तै मिठो बोली । एउटी महिलासँग सम्मानित बोलि रहँदा उसको व्यवहारले म झनै प्रभावित भएँ । जसलाई धेरै समयदेखि देख्न मन थियो, देखेँ । नजिकै बसेर करिब दुई घण्टा कुरा गर्ने मौका मिल्यो । उसको मनमा के छ थाहा छैन । मेरो मनमा ऊप्रति अझै प्रेम छ । स्नोह छ । माया छ । अब फेरि भेट कहिले हुन्छ, थाहा छैन । भेट नभए पनि उसको सफल जीवनको कामना गर्छु । भेट भयो भने म‘…

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org