‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने
काठमाडौँ । नृत्य मार्फत नेपाल र कोरियाबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले काठमाडौँमा ‘कोरियन पप कभर डान्स प्रतियोगिता–२०१८’ हुने भएको छ ।
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा यही मङ्सिर २८ गते दिउँसो १ बजे हुने प्रतियोगितामा २६ समूहबीच प्रतिस्प्रर्धा हुने छ । ‘स्ट्रकपप’ को आयोजना, युवा फर चेञ्जको सहकार्य र ‘द इन्भिन्सिभल इभेन्ट्स एण्ड म्यानेजमेन्ट’ को व्यवस्थापन रहेको सो प्रतियोगिताको पहिलो चरणमा देशका पाँच मुख्य शहर बुटवल, नारायणगढ, धरान, पोखरा र काठमाडौँबाट कूल १५० समूहबाट २६ समूह प्रतियोगी छनोट गरिएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३०,०००, दोस्रो हुनेलाई रु २०,००० र तेस्रो हुनेलाई रु १०,००० पुरस्कारको व्यवस्था गरिएको ‘स्ट्र««कपप’ का संस्थापक कार्यकारी निर्देशक सुरेश मोक्तानले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट पोशाक पहिरन र एकल नृत्यलाई पाँच/पाँच हजार राशिको पुरस्कारको व्यवस्था गरिएको युवा फर चेञ्जका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो ।
‘स्ट्रकपप’ एउटा कोरियन नृत्य समूह हो । यो सन् २०१५ मा गठन भएको हो । यसले गठन भएदेखि हालसम्म कोरियन नृत्यसम्बन्धी विभिन्न गतिविधि गर्दै आएको छ । यसले देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न कोरियन पप नृत्यमा समेत प्रतिनिधित्व गर्दै आएको छ । त्यसैगरी विसं २०७० मा स्थापना भएको युवा फर चेञ्जले विभिन्न जिल्लामा युवा लक्षित कार्यक्रम गर्दै आएको छ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...