ताजा समाचार

राजश्व अनुसन्धानद्वारा पौने ६ अर्ब बिगोसहित ४२ फर्मबिरुद्ध मुद्दा दायर

काठमाडौं। राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र संस्थाका ७७ व्यक्ति विरूद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर गरेको छ। सोमबार आफ्नै कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरेर अनुसन्धान विभागले मुद्दा दायर गरेको जानकारी गराएको हो ।

विभागले बिगो र सजाय गरि ५ अर्ब ७७ करोड माग दावी गरेको छ। यीमध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी छन्। विभागले साउन १५ गते रसुवाबाट जाँचपास भएका गाडी समाउन १७ गते समातेको थियो। एउटै सवारी साधनको सामानबाट ७ करोड ५९ लाख बिगो र जरिवाना दावी गरिएको छ। भन्सार अधिकृत पवित्रकुमार खड्कासहित २ जना पनि समातिएका थिए।

गत आर्थिक बर्षको पहिलो चार महिनामा रसुवाबाट ८५ करोड ८० लाख राजस्व संकलन भएकोमा यसपाली ३ अर्ब ७४ करोड रुपैयाँ असुली भएको छ। गत बर्ष कुल ७ हजार ८२८ कन्टेनर आएकोमा यो बर्ष ५ हजार ४४३ वटा मात्र भित्रिएका छन् । सवारी साधन घटे पनि राजस्व संकलन भने बढेको हो।

विभागले भन्सार र वैदेशिक रोजगार व्यवसायीहरू लगायतलाई बढी राजश्व चुहावट हुने ठाउँ र व्यक्ति भन्दै उच्च निगरानीम राखेको बताएको छ । विभागले अन्तशुल्कमा नक्कली स्टिकर टाँसेर राजेश्व छली गर्नेहरूलाई पनि निगरानीमा राखेको बताएको छ ।

 

विभागको तथ्यतथ्याङ्क हेर्नुहोस् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org