ताजा समाचार

भारतीय विधानसभा चुनावमा मोदीको पार्टीलाई गम्भीर धक्का

काठमाडौं– भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको शुरुवाती रुझानमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीको अवस्था कमजोर देखिएको छ । तर मध्य प्रदेशमा बीजेपी तथा भारतीय कांग्रेसबीच कडा प्रतिस्पर्धा जारी छ ।

राजस्थानमा पनि बिजेपी पछाडि परेको छ र भारतीय कांग्रेसको अग्रता कायम रहेको छ । तेलंगनामा सत्ताधारी टीआरएस पूर्ण बहुमत तर्फ अगाडि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजस्थानमा कांग्रेस ११५ सीटमा अगाडि रहेको छ भने बीजेपी ८० सीटमा अग्रता बनाउन सकिरहेको छ । यस्तै मध्य प्रदेशका पनि कांग्रेको अग्रता कायम रहेको छ । कांग्रेसले ११६ सीटमा अग्रता बनाउँदा बीजेपीले १०२ सीटमा अग्रता बनाएको छ । मध्य प्रदेशमा पछिल्लो १५ वर्षपछि कांग्रेसले मत गणनामा सुरुवाती अग्रता बनाउँदै अगाडि बडेको हो ।

 

तेलंगना राज्यमा सत्ताधारी टीआरएस अझै बलियो देखिएको छ । शुरुवाती गणना अनुसार टीआरएरस ७९ सीटमा अगाडि छ र कांग्रेस २९ सीटमा छ । दुईमा बीजेपी, तीनमा टीडीपी तथा सातमा अन्य रहेका छन् ।

 

चुनावी नतिजाको शुरुवाती रुझानामा आफ्नो पार्टी पछाडि परेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीको बैठक बोलाएका छन् । शुरुवाती रुझानमा बीजेपी निर्वाचन भएका पाँच राज्यमा नै पछि परेको छ ।

पाँच राज्य मध्ये तीनवटा राज्यमा बीजेपीको सरकार छ । मध्य प्रदेश, राजस्थान तथा छत्तीसगढको चुनावी नतिजाको असर केन्द्रको राजनीतिमा पनि पर्ने छ किनकी केही महिनापछि आम चुनाव हुँदैछ ।

भारतीय कांग्रेसले यी पाँच राज्यमा निकै आश गरेको छ । एग्जिट पोलहरुका अनुसार पाँच राज्यको चुनावमा कांग्रेको अवस्था मजबुद भएको देखाएको छ । मध्य प्रदेशमा बीजेपी पछिल्लो १५ वर्षदेखि सत्तामा रहेको छ जबकि राजस्थानमा पछिल्लो २० वर्षमा हरेक वर्षमा सरकार परिवर्तन भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org