ताजा समाचार

गुण, दोषको आधारमा सरकारलाई समर्थन : राजेन्द्र महतो

विराटनगर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट पारे । ‘‘सरकारलाई दिएको समर्थनको बारेमा अब बस्ने पार्टीको बैठकमा गम्भीर छलफल हुनेछ’’ उनले भने ।

संयोजक महतोले सरकार गठन भएको एकवर्ष पुग्न लाग्दा पनि आफूहरुको मागप्रति सरकार उदासिन देखिएको भन्दै रेशम चौधरीलगायत मधेश आन्दोलनमा पक्राउ परेका बन्दीको रिहाइ गर्न आग्रह गरे । उनले सङ्घीय समाजवादी फोरम र राजपाबीच एकताको सम्भावना नरहेको प्रष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org