ताजा समाचार

संविधानको ढाँचा अनुसार काङग्रेस विधान

विराटनगर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकर सम्मेलनमा उनले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने बताए । उनले काङ्ग्रेस महासमिति बैठक पार्टीमा ऊर्जा दिन र विधानलाई समावेशी चरित्रको बनाउने गरी व्यापक छलफल हुने भन्दै अगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन हुने धारणा रोख ।

नेता सिंहले सरकारमा काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई सशक्त पार्न नसके पनि जनताका विषयमा निरन्तर आवाज उठाइरहेको बताउँदै सरकारले जनताले दिएको अवसर पूर्ण सदुपयोग गर्न आग्रह गरे । उनले जनताले अनुभूति गर्न सक्ने किसिमको महङ्गी नियन्त्रण, शान्ति सुरक्षा र विकासमा सरकारले विशेष ध्यान दिन सुझाव दिए । दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org