ताजा समाचार

सञ्चारग्रामलाई कला संस्कृति,सङ्गीत केन्द्रको रुपमा विकास गर्ने

विराटनगर  ।  श्री तारिणीप्रसाद कोइराला सञ्चारग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्वद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रूपमा विकास गरिने भएको छ ।

विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चारग्रामका विषयमा रेडियो नेपालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १ को प्रशारण इकाइ पनि रहने बताउनुभयो ।

सञ्चारकर्मीको तालीम, ध्वनी रेकर्डिङ जस्ता थुप्रै कार्य सञ्चालन हुने यो ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्ने छ । सञ्चारग्रामका लागि विराटनगर महानगरपालिकाले उपलब्ध गराएको छ कठ्ठा १८ धुर जग्गामा चार तले स्टिलको अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कूल रु १८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण हुन लागेको यो भवन आउँदो चैत महीनामा सम्पन्न गर्ने गरी रविना–जोशी जेभीले ठेक्का लिएको हो । प्राविधिक कारणले केही दिन लम्बिने निर्माण व्यवसायी रमेशकुमार कार्कीले बताउनुभयो ।

भवनका लागि नेपाल सरकारले अहिलेसम्म रु १७ करोड उपलब्ध गराइसकेको छ । रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बहुआयामिक यो भवनबाट सञ्चारकर्मी, प्रदेश सरकार, स्थानीयवासी र हरेक क्षेत्रका कलाकर्मी लाभान्वित हुने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org