ताजा समाचार

महासमिति बैठकमा महत र केसीबीच हात हालाहाल

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच हात हालाहाल भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । सो क्रममा उनीहरूबीच हात हालालहाल समेत भयो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका थिए । त्यतिबेला केहीबेर तनाव देखिएको थियो । नेता केसीले भने, ‘महासमिति बैठक सुरु भएको आज चार दिन भयो तर, पार्टीको विधान अझै आएन । पहिले विधान चाहियो त्यसपछि मात्रै बैठक प्रारम्भ गर्नुपर्छ भनेर म मञ्चमा बोल्दै थिएँ तर, प्रकाशसरण महतजी आएर माइक खोस्नुभयो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org