ताजा समाचार

क्रिकेटरलाई कोइराला फाउन्डेसन छात्रवृत्ति

काठमाडौँ । क्रिकेटरलाई कोइराला फाउन्डेसन छात्रवृत्ति काठमाडौँ । नेपाली तीन युवा खेलाडीलाई सुशील कोइराला फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेका खेलाडीमा यू–१६ टोलीका रित गौतम, त्रितराज दाश र भूपेन्द्र उप्रेती छन् । छात्रवृत्ति पाउने तीनै खेलाडीले भारतमा गएर एक महीना वीरेन्द्र सहवाग एकेडेमीमा प्रशिक्षण गर्नेछन् । त्यसको आधा खर्च एकेडेमीले र बाँकी फाउन्डेसनले दिनेछ । फाउन्डेसनको पहलमा तीनै खेलाडीले प्रशिक्षणको अवसर पाएका हुन् । उमेर समूहमा कुनै पनि घरेलु प्रतियोगिता नभएका बेला युवा खेलाडीले पाएको अवसर निकै राम्रो रहेको फाउन्डेसनले जनाएको छ । खेलाडी यही पुस ५ गते भारततर्फ प्रस्थान गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org