ताजा समाचार

म्यानचेष्टर युनाइटेडमा जुजे मोरिन्ह्यो कसरी भए असफल

जुजे मोरिन्ह्योलाई म्यानचेष्टर युनाइटेड फुटबल क्लबले बर्खास्त गरेको छ। उनको जस्तो व्यक्तित्व छ र जति ठूलो नाम म्यानचेष्टर युनाइटेड क्लबको छ त्यो हिसाबले हेर्दा यो स्तब्ध तुल्याउने खाले समाचार हो तर यो अचानक भएको वा आश्चर्यजनक कुरा भने होइन।

यस्मा अचम्मको कुरा एउटा मात्र छ त्यो हो यो किन ढिलो भयोरु न्यूकाशलसंगको खेलमा म्यानचेष्टर युनाइटेडको प्रदर्शन राम्रो नभैदिएको भए केही महिना अघि नै मोरिन्ह्योको पद जान सक्थ्यो। उक्त खेलमा दुई शून्यले पछाडि परेको म्यान यू सम्हालिंदै खेलेर दुईका विरुद्ध तीन गोलले विजयी बनेको थियो।

तर फुटबल खेलको विवरणहरूलाई छाड्ने हो भने यो एक आफैमा ठूलो नाटकीय घटना हो। र यो घटनाको पृष्ठभूमिमा एउटा ठूलो नाम भएको व्यक्तिले त्योभन्दापनि ठूलो चुनौती रहेको कामको जिम्मा लिने निर्णय गर्नु रहेको छ।

नाटकीयताको दृष्टिले हेर्दा कथानकमा अभ्यास गरिने त्यस्को मुल पात्रको अग्लीने र होच्चिने घटनाक्रमसंग मोरिन्ह्योको व्यवसायिक जीवनलाई पनि दांज्न मिल्छ। उनको फुटबल व्यवस्थापनसंग जोडिएका नाटकमा उनी पहिले तल खसे फेरि उकालो लागे त्यसपछि निरन्तर खस्कंदै गए खस्कंदै गए। र झन खस्कंदै गए।
भावपूर्ण

विभिन्न फुटबल क्लबहरूमा वितेको मोरिन्ह्योको समय तीन अंकको नाटकको संरचना जस्तो छ। पहिलो सिजनामा सफलताका लागि आधार निर्माण। दोस्रो सिजनामा सफलताको उपलब्धी। तेस्रो सिजनमा सबैसंग मनमुटाव र तिक्तापूर्ण बहिर्गमन।

चेल्सीमा हुँदा पनि त्यस्तै रह्यो। इन्टर मिलानमा, रेआल मड्रिडमा त्यस्तै रह्यो। फेरि चेल्सीमा फर्कंदा पनि घटनाक्रम त्यस्तै रह्यो।

तर म्यानचेष्टर युनाइटेडमा त्यस्तो संरचना दोहोरिएको देखिएको थिएन। विशेष गरी अन्य क्लबको हकमा मोरिन्ह्योको दोस्रो सिजनमा देखिने सफलताको कुरा त्यहाँ देखिएन। म्यानचेष्टर युनाइटेडमा उनको प्रदर्शन सोझै निर्माणबाट विनाशमा गयो।

इमानदारीका साथ भन्ने हो भने म्यान यूले मोरिन्ह्योको पहिलो सिजनका बेला युरोपा लिगमा जित हासिल गरेको थियो, त्यो पनि म्यानचेष्टर एरेनामा भएको आतंकवादी हमलापछिो भावपूर्ण परिस्थितीमा।

तर लिगमा भने तिनीहरू छैठौं स्थानमा परे। त्यो सिजनभरी नै म्यान यूको खेल धेरैजसो बराबरीमा टुंगियो र ूड्र स्पेसियलिष्टू भन्ने नामै रहन गयो। तर सर एलेक्स फरगुसनको मातहतमा क्लब रहेका बेला जितको जुन अभ्यासमा क्लबकका प्रसंशकहरूलाई बानी परिसकेको थियो नयां नतिजाबाट तिनीहरू खुशी हुने कुरै भएन।

फरगुसनको फुटबल आक्रामक र साहसिलो थियो( खेलाडीहरू जितेरै छाड्ने मनस्थितीमा रहने गर्थे।

मोरिन्ह्योको मातहतमा त्यस्ले प्रतिरक्षात्मक र केही कमजोर स्वरुप लिन पुग्यो। खेलाडीहरू खेलको अन्त्यमा खुशीयाली मनाउने अवस्थाको साटो झोक्राएका र अप्ठेरो मौनतामा देखिने गर्न थाले।
ग्वार्डिओलासँगको प्रतिस्पर्धा
म्यानचेष्टर सिटिमा ग्वार्डिओला फस्टाएका छन् भने मोरिन्ह्यो खस्कंदै गएका छन्

म्यानचेष्टर युनाइटेडमा एलेक्स फर्गुसनको राजिनामा पछिको अवस्थामा डेभिड मोएर र लुइ भान गालले छाडेर गएका अव्यवस्थालाई मोरिन्ह्योले सहि बाटोमा ल्याउने प्रयास गर्दैछन् भन्ने आधारमा उनले उक्त क्लबमा केहि धेरै समय पाएका हुन्। अर्को, उनको आफ्नै व्यक्तित्वका कारण पनि, जुजे मोरिन्ह्योले अन्त्यमा सुखद परिमाण ल्याइहाल्छन् भन्ने धारणा फुटबल जगतमा व्याप्त छ।

तर यो म्यानचेष्टर युनाइटेड जस्तो क्लब सम्हाल्ने कुरा थियो। पोर्टो, चेल्सी र इन्टर मिलान जस्ता उनले पहिले काम गरेका क्लबहरूको दाँजोमा यहाँ खेलको शैलीले निकै महत्व राख्दछ।

क्लबका प्रसंशकहरू आफूले हेर्नु परेको खेलको अवस्थाबाट बढ्दो रूपमा असन्तुष्ट हुंदै थिए। र त्यो अवस्था झन विग्रन पुग्यो।

पहिलो कुरा शहरको अर्को छेउमा रहेको म्यानचेष्टर सिटि पेप ग्वार्डिओलाको नेतृत्वमा पहिले म्यान यु ले खेल्ने शैलीमा खेल्दै थियो।

मोरिन्ह्योको दोस्रो सिजनमा क्लब दोस्रो त बन्यो तर त्यो उल्लेख्य खेलका लागि चिनिएन। पहिलो हुने क्लबको दांजोमा सो क्लब १९ अंकले तल थियो।

यो अस्वस्थाले मोरिन्ह्योलाई गहिरो चोट पुर्याएको हुनु पर्छ। पेप ग्वार्डिओलाले उनलाई छायांमा पारिदिएका थिए।

थुप्रै सफलता चाखेका मोरिन्ह्योलाई ग्वार्डिओलाको उदयले उछिन्यो। र एउटा शहरमा ग्वार्डिओलाले म्यानचेष्टर सिटिलाई उचाइमा पुर्याइरहंदा मोरिन्ह्योमाथि दबाब पर्नु स्वाभाविक पनि हो।

जुन अवस्थालाई उनको पतनको दोस्रो कारण भन्न सकिन्छ।

आफ्नै खेलाडीहरूको आलोचना

मोरिन्ह्योले पत्रकार सम्मेलनमा खुलामा रुपमा नै आफ्ना खेलाडीहरूको आलोचना गर्न थालेका थिए

म्यानचेष्टर युनाइटेडमा हुने पत्रकार सम्मेलनहरूमा उनी प्रस्तुत हुने शैली उनको टोलीको जस्तै प्रतिरक्षात्मक देखिन थाल्यो अझ केही आक्रोश सहित।

उनी पहिलोपल्ट इंगल्याण्ड आउंदा संचारजगतले दिने चासो उनलाई मन पर्थ्यो, तिनीहरूले उनलाई माया गर्थे।

उनको पहिलो सार्वजनिक उपस्थितीमा नै प्रेस जगतले उनलाई विशेष व्यक्ति ूद स्पेशल वानू भन्ने उक्तिलाई महत्वका साथ फैलाइदिए।

तर म्यानचेष्टर युनाइटेडमा हुंदा भएका उनका पछिल्ला पत्रकार सम्मेलन झन झन प्रतिरक्षात्मक बन्न थाले। जस्ले गर्दा उक्त क्लबका सार्वजनिक सम्बन्ध व्यवस्थापन गर्नेहरू समेत चिन्तामा थिए।

अझ चिन्ताजनक कुरो त उनले पत्रकार सम्मेलनहरूमा नै आफ्ना खेलाडीहरूको आलोचना गर्न थालेका थिए। जुन एकदमै जोखिमपूर्ण रणनीति हो। त्यो कुनै प्रतिभाशाली तर कमजोर प्रदर्शन गर्ने खेलाडीको हकमा त सकारात्मक हुन सक्ला सबैका हकमा भने होइन।

असफलता

मोरिन्ह्योसँग पोग्बाको विग्रंदो सम्बन्ध म्यान युको पतनमा पनि झल्किएको छक्लबाको ड्रेसिंग रुपमा असन्तोष फैलिएको धेरै समय भैसकेको थियो।यो सिजनमा मोरिन्ह्योले क्लबका कुनै समयका सबैभन्दा महंगा खेलाडी पल पोग्बा विरुद्ध विशेष आक्रोश पोखे।

फ्रान्समा विश्वस्तरका देखिएका उनी धेरैजसो बेन्चमा नै राखिए।

पांच करोड बीस लाख पाउण्डमा किनीएका फ्रेडले खासै खेलेका छैनन्। एलेक्सीस सान्चेजले खेल देखाउन सकेनन्। र मोरिन्ह्योले सान्चेज, पोग्बा र लुकाकु जस्ता प्रिमिएर लिगका सबैभन्दा धेरै पैसा पाउने मध्येका तीन खेलाडीबाट काम लिन सकेनन्।

आइतबार लिभरपुलसंगको ती एकको हारले नै अन्त्यको संकेत गर्यो।

जित्न सकिने सम्भावना भएको पाँचवटा खेल र ज्यानुअरीमा थप खेलाडी किन्न सकिने अवस्र बांकी छँदै म्यानचेष्टर युनाइटेडको बोर्ड अवस्था थप खराब हुन नदिने हिसाबले सकृयाता देखाएको छ।

तिनीहरूको निर्णयका पछाडि क्लबभन्दा कोही व्यक्ति ठूलो हुन सक्दैन भन्ने मान्यताले काम गरेको देखिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org