ताजा समाचार

‘घ’ वर्गको घरसहित ११ तस्बिरमा हेर्नुहोस् आजका विविध तस्बिरहरू

तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका स्थानीय अमरसिंह केसीले सोमबार बेलुका ंमोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा खसेको रु एक लाख ६४ हजार एकसय ९५ रुपैयाँ सहितको झोला हराए पछि केसीले इलाका प्रहरी कार्यालयका खबर गरेपछि प्रहरीले खोजतलास गर्दा फेला पारेको रकम फिर्ता दिदै कार्यालयका प्रमुख प्रेमशाही ।

मोरङ उर्लाबारी नगरपालिका –२ स्थानीयबासी ४७ वर्षिय दृष्टिविहीन भएका रुद्र सुन्दाश बाँसुरी बजाउँदै । बाँसुरीसँगै मादल र हारमोनियम पनि बजाउने क्षमता भएका सुन्दाश दृष्टिविहीन भएकै कारण अवसर नपाएको बताउँछन ।

जाजरकोट नलगाड नगरपालिका – १२ तल्लुमा बजार अनुगमणका क्रममा घरेलु मदिरा बरामत गरी नष्ट गदै प्रहरी र नगरपालिकाका कर्मचारी ।

व्यावसायिक सुन्तला खेती गर्दै आएका पाल्पाको निस्दी गाउँपालिका–५ गल्धा बहपुरका स्थानीय किसान सुन्तला टिप्दै ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीगाँउ जुडाका स्थानीय दलित समुदायका पुरुष हसिया बनाउँदै ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org