ताजा समाचार

ललितपुरमा ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो, ट्याक्सी चालकको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौँ । ललितपुरमा ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटिएको छ ।
दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका हुन् । ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी शेखर खनालले दिएको जानकारी अनुसार घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।

हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।  ‘ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेका रहेछन्’, खनालले भने, ‘चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेका छन् ।’ घटनामा संलग्नको पहिचान भइसकेको छैन । ‘विभिन्न टेक्निकको प्रयोग गरेर हुलिया पहिचान गर्ने प्रयास गरिरहेका छौं’, उनले थपे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org