ताजा समाचार

धनगढीका रवि ओड बने दोस्रो नेपाल आइडल

 

काठमाडौं ।  दोस्रो नेपाल आइडल धनगढीका रवि ओड घोषित भएका छन् । ललितपुर पुल्चोकस्थित इन्जिनियरिङको खेल मैदानमा शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट ओड नेपाल आइडल बनेका हुन् । धनगढीका घर भएका उनी दलित समुदायलाई प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी हुन् ।

उनको आर्थिक अवस्था कमजोर भएको नेपाल आइडलको ३६ औं श्रृंखलाले देखाएको थियो । त्योभन्दा पनि कसरी भोट गर्ने भन्ने थाहै नपाएका उनका बुबा र जन्म नदिए पनि कर्म दिने आमा रवीलाई जिताउन लागिपरेको दृश्यले धेरैको मन खिचेको थियो ।

घोषणा अनुसार आइडलको सेकेण्ड रनरअप विक्रम बराल भए भने फस्ट रनरअप सुमित पाठक बने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org