ताजा समाचार

फोटोग्राफर न्यौपानेले खिचेका आठ तस्बिरमा हेर्नुहोस् नेपालका सम्पदाहरू

 

यो रानीपोखरी हो । महाभूकम्प २०७२ ले रानीपोखरीमा क्षति पु¥यायो । यो फोटो न्यापानेले भूकम्प अघि खिचेका हुन् । अहिले रानीपोखरीको यो सुन्दरता हराएको छ । झारैझार उम्रिएको छ । पानी छैन । सुक्खा छ । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुननिर्माण गरेको छैन । रानीपोखरी अहिले उराठ लाग्दो छ ।

काठमाडौँ । नारायण न्यौपाने समकालिन नेपाली फोटोग्राफीका एक चर्चित फोटोग्राफर हुन् । जस्तोसुकै दृश्यलाई पनि सुन्दर ढंगले, कलात्कम रूपमा क्यामरामा कैद गर्न सक्नु न्यौपानेको खुबी हो । उनी विशेषगरी चरा, बिबाहको भिडियो तथा फोटो खिच्नमा दख्खल राख्छन् । न्यौपानेलाई यतिमात्रै दायारामा खुम्च्याउन खोजियो भने उनको कलाको, प्रतिभाको अपमान हुन्छ । न्यौपानेमा सरल र सामान्य ठानिएका बस्तुलाई आकर्षक फोटोमा उतार्न सक्ने छुट्टै क्षमता पनि छ । उनले मुलुकको पर्यटन क्षेत्रलाई सवद्र्धन र संरक्षण गर्न महत्त्वपूर्ण भूमिका पनि फोटोमार्फत् निभाएका छन् । नदीनाला, झरना, बनजंगल, पशुचौपाया, बहुजातिका मानिसका फोटो, ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरूको फोटो, प्राकृतिक सौन्दर्यको फोटो न्यौपानेले खिच्ने गरेको देखिन्छ । आज हामीले न्यापानेले खिचेका नेपालका विभिन्न पुरातात्वहिक तथा ऐतिहासिक सम्पदाको फोटो प्रकाशित गरेका छौं ।  हेरौं केही फोटाहरू–

 

 

 

 

      फोटोग्राफर नारायण न्यौपाने

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org