ताजा समाचार

अर्काे पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन् : ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी  शर्मा ओलीलाई अहिले के भएको थाहा छैन । अहिले उनी वर्वराउन थालेका छन् । दिनहुँ नयाँ–नयाँ उत्तेजक सपना देख्छन् । उनको बोलीको ठगान हुन्न । के बोल्छने के ! चाहिले पनि बोल्छन् । नचाहिने पनि बोल्छन् । यसो भनौं, जे मन लाग्छ त्यही बोल्छन् । बोलेका सबै पूरा गराउनु त उनका लागि फलामको च्युरा चपाउनु सरह हो । प्रधानमन्त्री ओली नेतृत्त्वले जनताले अनुभूति गर्ने गरी काम नै गरेको छैन भन्ने जनगुनासा नआएका होइनन् । धेरै आएका छन् ।  हिंसात्मक कार्यमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नुको सट्टा संरक्षण गरेर राखेको आरोप पनि लागेको छ । सरकार अलोकप्रिय बनेको छ । आलोचना व्यापक भइरहेको छ । दोहोरो सरकारी सुविधा लिने मन्त्रीहरू आलोचनाका पात्रहरू भएका छन् ।

सरकार बनेको यतिका समय भइसक्दा पनि जनपक्षीय काम नहुनु भनेको के हो ? सरकार सत्ताको ललीपप चाट्न मै व्यस्त छ ।  प्रधानमन्त्री ओलीले अब आउने चुनावमा आप्नो पार्टी नेकपाले फेरि दुई तिहाई मत ल्याउने दाबी गरे । उनले के देखेर, दाबी गरेर थाहा छैन । हु न त उनी पानीजहाजका, रेलका कुरा गर्ने मान्छे हुन । सपना देख्ने मान्छे हुन । प्रकारान्तरले यो पूरा पनि होला तर तत्कालिन अवस्थामा पानीजहाज र रेलका कुराभन्दा नि गरिब जनताका लागि बिहान–बेलुकाको गर्जो टार्नु हो ।

प्रधानमन्त्री ओलीले ‘‘अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन्’’ भन्ने कुरा नेपाल इन्जिनियरस एशोसिएसनको  अधिवेशनबाट विजयी भएकाहरूलाई बालुवाटारमा बधाईं दिंदै यस्तो कुरा बताएका हुन् ।

इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोकिने 

“देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भने,“कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”
प्रधानमन्त्री ओलीले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताए ।

अर्को पटक दुई तिहाइ

प्रधानमन्त्री ओलीले सरकारले ठिक ढंगले काम गरिरहेको बताएका छन् । “हामी समयलाई गाल्ने पक्षमा छैनौ ” प्रधानमन्त्री ओलीले भने,“पाँचबर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”

 

यो पनि पढ्नुहोस्

 

http://news-nepal.com/archives/100861

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org