ताजा समाचार

किंग्स लाउन्जमा ‘दिपक बज्राचार्य एट किंग्स लाउन्ज इन क्रिमस इभ’ हुने

क्रिमसको पूर्वसन्ध्यामा दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक दिपक बज्राचार्य एण्ड रिदम ब्याण्डले लाइभ पर्फमेन्स गर्ने भएको छ । क्रिसमस तथा नयाँ वर्षको उपलक्ष्यमा डिसेम्बर २४ तारिखका दिन आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले ‘दिपक बज्राचार्य एट किंग्स लाउन्ज इन क्रिमस इभ’ आयोजना गरेको हो ।

लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी पुस ९ गते सोमबार साँझ ८ बजेदखि बज्राचार्यको विशेष सांगीतिक प्रस्तुती आयोजना गरिने लाउञ्जले जनाएको छ ।

सोमबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासको व्यवस्था समेत गरेको छ ।

लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ ।

जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ । लाउन्जमा गएपछि ग्राहकले सुनेको र पढेको भन्दा पनि उत्कृष्ट महसुस गर्ने सञ्चालकको दावी छ ।

फेमली लाउन्जको रुपमा स्थापित किंग्समा कुटनितिज्ञ, बैंकर, डाक्टर, सेलिब्रेटी तथा स्वदेशी तथा विदेशी ग्राहकको नियमित उपस्थिती हुने गरेको छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । लाउन्जले एक हजार भन्दा धेरै ग्राहकलाई सेवा दिन तथा स्वागत गर्न सक्ने क्षमता रहेको सञ्चालकहरुको भनाइ छ । टेरेस कर्नरका साथै पर्सनल बार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org