ताजा समाचार

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफलाई ७ वर्ष जेल सजाय

काठमाडौं ।  अल अजिजिया स्टिलसम्बन्धी मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई अदाललतले सात वर्ष जेल सजाय सुनाएको छ । यद्यपि फ्यागसिप इन्भेस्टमेन्ट मुद्दामा अदालतले उनलाई सफाइ दिएको छ ।

फैसलाको अघिल्लो दिन आइतबार मात्र शरीफ लाहोरबाट इस्लामावाद आएका थिए । अकाउन्टिविलिटी कोर्टमा सुनुवाइका क्रममा कसैलाई अदालतमा प्रवेश दिइएको थिएन ।

शरीफ परिवार अदालतमा थुप्रै मुद्दा सामना गरिरहेको छ । यसमा मनी लाउण्डरिङ, कर छली र विदेशमा सम्पत्ति लुकाएको पनि छ ।

सेप्टेम्बर २०१७ पछि पूर्वप्रधानमन्त्री शरीफ १६५ पटक अदालतमा पेश भइसकेका छन् ।

२८ जुलाई २०१७ मा उनलाई पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरेको थियो । साथै शरीफ परिवारको सम्पत्ति, अल अजिजिया र फ्यागसिप इन्भेस्टमेन्टसँग सम्बन्धित कागजात पेश गर्न निर्देशन दियो ।

सेप्टेम्बर २०१७ मा नेशनल अकाउन्टिविलिटी ब्यूरो (एनएबी) ले शरीफ परिवारको सबै जानकारी दियो ।

जुलाईमा शरीफलाई १० वर्ष, उनकी छोरी मरियम नवाजलाई ७ वर्ष जेल सजाय सुनाइएको थियो । मरियमलाई २० लाख पाउण्ड जरिवाना तोकिएको थियो ।

यद्यपि १९ सेप्टेम्बरमा इस्लामाबाद उच्च अदालतले सजाय निलम्बन गर्दै जमानत दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org