अपराध बढ्नुको मुख्य कारण सामाजिक सञ्जाल
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सामाजिक सञ्जालको दुरूपयोगका कारण अपराध बढ्दै गएको बताएका छन् ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत राजधानीमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोगका कारण अपराध बढ्दै गएको भन्दै यसबाट बच्न सदैव सजग हुनुपर्नेमा जोड ।
उनले साइबर अपराध, सामाजिक सञ्जालको प्रयोग, जबर्जस्ती करणीसम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायबारे विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी समुदायसँगसँगै अगाडि बढ्नुपर्ने बताए ।
बागमती बोर्डिङका निर्देशक डा सुरेन्द्र सिटौलाले प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले समाजमा हुने अपराध रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
नौ महिनामा सत्र हजार आँखाको शल्यक्रिया
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा बढीका आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले...
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...
-
लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका...
-
तेमालमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । जिल्लाको तेमाल गाउँपालिकाको आयोजनामा नौ दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति सङ्घ,...
-
बालाजु बाइसधारा मेला सुरु
काठमाडौ । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...